कांग्रेस महामन्त्री विश्वप्रकाशकाे गृहनगरमा एमाले विजयी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । मेयर उपमेयर दुवै एमालेले जितेको हो । मेयरमा गाेपालचन्द्र बुढाथोकी २६ हजार ४ सय ७८ मतसहित निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत प्राप्त गरे । नवनिर्वाचित मेयर बुढाथोकी प्रदेशसभा सदस्यबाट राजिताना दिएर मेयरमा लडेका थिए ।

यस्तै उपमेयरमा एमालेकै मीना कुमारी पोखरेल निर्वाचित भइन् । उनले २१ हजार ५ सय ९० मत र निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त पाए ।

यहाँ कांग्रेसका महामन्त्री शर्मा र नेता कृष्णप्रसाद सिटौलाको आन्तरिक द्वन्द्वका कारण यहाँ कांग्रेसले पराजय ब्यहोरेको हो ।

प्रतिक्रिया