काभ्रे । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विजयी उम्मेदवारले सपथ लिएका छन् । काभ्रे जिल्लाको ६ नगरपालिका सात गाउँपालिका गरी १३ स्थानीय तहको १ सय ३५ ओटा वडाहरू छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादीले गठबन्धन गरेर चुनावमा होमिएपछि परिणाम पनि गठबन्धनको पक्षमा राम्रो आएको कांग्रेसका जिल्लास्थित नेताहरूले बताएका छन् ।
जिल्लाको सात गाउँपालिकाहरू रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिम ब. वाइबा, तेमाल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका चन्द्र लामा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दलमान थोकर निर्वाचित भए ।
यसैगरी बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका भगवान् अधिकारी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका तारा राना तिमल्सिना, चौरीदेउराली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रेनुका चौलागाईं उपाध्यक्षमा कांग्रेसका शेरबहादुर लामा खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जÞिम्बा, भुम्लु गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका प्रेमबहादुर भुजेल, उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ निर्वाचित भएका छन् ।
त्यसैगरी महाभारत गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा उपाध्यक्षमा नेपाली कांग्रेसका सगर मोक्तान निर्वाचित भएका छन् ।
यस्तै यता नगरपालिकातर्फ नमोबुद्ध नगरपालिकामा कांग्रेसका प्रमुखमा कुन्साङ लामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामा, मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एस समाजवादीका टोकबहादुर वाइबा उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल, बनेपा नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका शान्तिरत्न शाक्य उपप्रमुखमा नेकपा एमालेबाट विमला सापकोटा, पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामशरण भण्डारी, उपमेयरमा नेकपा एमालेबाट गिता बन्जारा धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेका अशोक ब्यञ्जु उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जंगम निर्वाचित भए ।
पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल उपप्रमुखमा नेकपा एमालेबाट सूर्यमाया दनुवार निर्वाचित भएका छन् ।
निर्वाचित प्रमुखहरूले जिल्ला न्यायाधीश प्रमुख मोहनराज भट्टराईमार्फत जनताको नाममा सपथ खाएका छन् । प्रमुखहरूले सपथ खाएसँगै प्रमुखहरुमार्फत उपप्रमुखसहित वडा अध्यक्ष सदस्य र पदाधिकारीहरूले पनि सपथ खाएका छन् ।
प्रतिक्रिया