उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पीडित प्रितीशोभा राईले सहयोगको लागि अपिल गरेकी छन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नुपरेको बताइन् ।

प्रितीशोभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिनेछ ।

आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् ।

बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैसाखमा सिफारिस दिएको थियो । राईलाई ‘पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनो’ मा पुष्टि भएको छ ।

प्रतिक्रिया