हेटौँडाका मेयर र उपमेयरद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूद्वारा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगरप्रमुख मिना लामा र उपप्रमुख राजेश बानियाँसहित १९ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यले जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका हुन् ।

प्रमुख लामाले मकवानपुर जिल्ला न्यायधीश डिल्लिरन्त श्रेष्ठबाट, उपप्रमुख बानियाँले प्रमुख लामाबाट र वडाध्यक्ष तथा सदस्यले प्रमुख लामाबाट हेटौँडाको पल्पसा सभाहलमा सपथ ग्रहण गरेका हुन् ।

सपथ लिँदै नवनिर्वाचित मेयर लामाले आफूले जारी गरेको घोषणापत्र अनुसार उपमहानगरलाई सुन्दर हराभरा बनाउने उदेश्य रहेको बताइन् ।

उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विषेश प्राथामिकतामा राखेर काम गर्ने भन्दै सबै नगरवासीहरुमा साथ सहयोगको अपेच्छासहित देशकै उत्कृष्ठ नगर बनाउने लक्ष्य लिएको बताइन् ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख महतले नवनिर्वाचित प्रमुख,उपप्रमुख र सम्पुर्ण वडाअध्यक्ष,सदस्यहरुमा शुभकामना व्यक्त गरे । साथै, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरसहित ८ वटा वडा, नेकपा एमालेले ९ वडा, नेकपा एसले मेयरसहित एक वडा, माओवादी केन्द्र एक वडामा विजयी भएका छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया