काठमाडौं-२३ मा एमालेका मचाराजा निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका-२३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवार मचाराजा महर्जन निर्वाचित भएका छन् । उनले एक हजार १६१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार उत्तमरत्न मानन्धरले ९२९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया