कम्मर मुनिका र्यापरको रजगज

डा. बद्रीविशाल पोखरेल

कला,साहित्य र संस्कृति जस्ता विषयमा पार्टीको हदै सम्मको उपेक्षाका कारण कम्मर मुनिका र्यापर गायकको समाजमा रजगज चलेको हो । हरदिन चुनावी गतिविधिको समीक्षा नगरेपछि गल्ती माथि गल्ती थपिन्छ । जनताको मनोभाव हामी र हाम्रा उम्मेद्वार प्रति केकस्तो छ भन्ने पटक्कै वास्ता नगर्दा एमाले हिँड्दैछ पाइला मेट्तैछ गरिरहेको देखिन्छ । जान्दा श्रीखण्ड नजान्दा अँगेनको दाउरो हुन्छ । जबजको मर्मलाई आत्मसात् गर्नेहरुले नै यसको लय बुझ्न सक्छन् ।

पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले उद्घोष गरेअनुसार स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने अवस्था देखिएन । यसमा गठबन्धन सरकार एमालेविरुद्ध अनेक किसिमले धाँधली गर्न लागिप¥यो । रुकुम र ताप्लेजुङ जिल्लामा हत्याहिंशा हुँदा समेत सरकारले मौन समर्थन ग¥यो, सरकाले नै कतिपय ठाउँमा एमाले उम्मेद्वार र मतदातालाई भयभीत बनायो । यसले गर्दा एमाले पक्षमा अपेक्षित परिणाम आउने देखिएन । धाँधली गरेको देखीदेखी अहिले हतारमा पार्टीले यो विषय उचाल्नु हुन्न थियो भन्ने सुब्बा गुरुङथरि नेताको बोली सुन्दा लाज लाग्छ । यस निर्वाचनमा ओलीले उल्लेख गरेझैँ जित हासिल नहुँदा बालको खाल उखेल्ने गरी एकाध एमाले नामधारी नेता अब कतिपय मिडियामा आगो ओकल्नेछन् ।

तिनको एउटै काम पार्टी र अध्यक्षलाई कसरी र कति खुइल्याउने भन्नेमा नै केन्द्रित रहने देखिन्छ । तिनले आफूलाई खुबै दूरदर्शी तथा सैद्धान्तिक नेताझैँ ठानेर ओलीले कम्युनिस्टहरुका बीच चुनावी गठबन्धन नगर्दा निर्वाचनमा हार व्यहोरेको डङ्का पिट्नेछन् । रावल र भुसालथरि ती नेताले निर्वाचनको सन्निकट पनि पार्टी अध्यक्षको बदख्वाइँ गरिरहेकै थिए, फेरि पनि गर्नेछन् । तिनले ओली सरकारले विगत सरकारका तुलनामा देश र जनता हितका गरेका अभूतपूर्व कामहरु त्यतिबेला उच्चारण गरेनन् र चुनाव प्रचारका बेला एकथोपो बोलेनन् । यस खालका चरम खोटी व्यवहार गर्दा पनि सहने ओलीलाई नेपाल गुटले अधैर्य भएर पार्टी विभाजन गरेको दोषारोपण गर्दा सुन्नेलाई लाज हुन्छ । यस्ता अराजक चिन्तन र चरित्र बोकेका नेता देखेर ओली र पार्टीको धैर्य अझै टुटेको छैन । शिशुपालले झैँ सयभन्दा बढी अपराध गर्न दिनका लागि पर्खिएको हो भने केही भन्नु छैन । तर अब भने पार्टीले बराला पाराका नेतालाई क्रमशः अङ्कुश लगाउन थाल्नुपर्छ ।

स्थानीय निर्वाचनका सुरुवाती दिनदेखि कम्तीमा सुरुदेखि नै पार्टी एकताबद्ध भएर लागेको भए परिणाम धेरै सकारात्मक आउने निश्चित थियो । ओली सरकार ढालेर एमाले सिध्याउने खेलमा दाहाल नेपाल टुप्पी कसेर लागे पनि सकेनन् । एमालेले केन्द्रबाट गठबन्धन गरेको भए यही निर्वाचनमा अझ खराव अवस्था आउने थियो । किनभने नेपाल दाहालको कुरुप उद्देश्य भित्रबाट होस् वा बाहिरबाट होस्, भरिसक्के एमाले सिध्याउने नत्र अत्यन्त कमजोर पार्ने कुनियत थियो । यो कुरा बुझेर बुझ पचाएर बोल्ने सित के भन्नु र ? तर जनताको साथ समर्थन र विश्वास पाएको एमाले जनताकै सहयोगमा सशक्त र सबल बन्यो र बन्नेछ । जनमतकै हिसावले हेर्दा पनि थाहा हुन्छ । न्याय प्रेमी तथा देशभक्त जनताले एमाले विरोधी देशी विदेशी तप्कालाई तह लगाए । प्रतिक्रियावादी कित्ताका आचार्य थरि वरिष्ठ अधिवक्त समेत अरु कुनै देश जनता विरोधी ओलीका खोट नपाएर अहङ्कारी नेता भन्छन् । भातीय स्वार्थ अनकूलको गठबन्धन सरकारले झैँ भारतेली सबै थिचोमिचो लुरुक्क परेर नसहँदा ओली अहङ्कारी हुनु भएको भन्न खोजेको भए यो सोह्रैआना सही छ भीमार्जुनजी ।

एमाले भित्र नै विद्यमान आन्तरिक अन्तविरोधका कारण निर्वाचनमा अपेक्षित परिणाम आएन । यसको समाधान समाधान गर्न पार्टीबाट समयमै कुनै पहल नै भएन । त्यस बाहेक एमाले विरोधी अत्यन्त अराजक चरित्र र चिन्तनलाई तुरुन्तका तुरुन्त नछाँस्दा पनि त्यसले पन्पिने मौका पायो । झारपात रुपी विषले लहलहाउँदो बाली नाश गर्ने देखी देखी उपचार गरिएन । ओलीले लामो समयपछि एमाले पार्टीलाई जबजको लयमा फर्काउन खोज्नु भएको हो । तर अधिकांश नेतृत्वले भने जबजको लय बिर्सिन थालेको थियो । जबजले राजनीति वा राजकीय क्षेत्रमा राम्रो नेतृत्वलाई स्थापित गर्ने सोच राखेको थियो तर केही अपवाद छाडेर हालको एमाले नेतृत्व राम्रो होइन हाम्रो नेतृत्वलाई नगर प्रमुख वा उपप्रमुख र वार्ड अध्यक्षमा टिकट दिन चाहन्थ्यो र दियो पनि । यही कारण ओलीको वरिपरि प्रदक्षिणा गर्ने नेता पनि जात, जाति, थर, गोत्र, आफन्त मात्रै होइन टिकट दिन गोरु बेचेको साइनो खोजेर हिँडेका थिए । यसैले मुहानमा नै धमिलो पानी रसायो र देशै भरि फैलियो ।

एक पित्को पुरस्कार पनि नपाउनेहरु चुनावी कार्यक्रममा अहोरात्र खटिरहेको देखिन्छ तर त्यहीँ विराटनगरबाट बारबार पार्टी र सरकारबाट महत्वपूर्ण र महँगो औसर पाइरहने बुद्धिजीवी संकटका बेला देखिएनन् । तर तिनै हिजो र भोलि पनि राजदूत लगायत अनेक बन्न खान नेताका ढोका चहार्नेछन् र पाउनेछन् पनि । यसरी पार्टीमा कसैलाई ज्वाइँ सरह आजीवन मान, सम्मान,पदक र पुरस्कार दिइन्छ । अनि धेरैलाई गोठको गोठालो बनाउन खोजेपछि भित्रभित्रै चरम असन्तुष्टि बढेको छ भने प्रहरीले मुस्कान सेवा सुरु गरेको छ तर एमाले पार्टी र यसको अधिकांश नेताहरु स्रष्टा, लेखक र बुद्धिजीवीलगायत कार्यकर्ता र जनतासित ठस्के र चस्के व्यवहार गर्छन् । यस खालको अत्यन्त तिक्त र विरक्त बोली वचन र व्यवहार यही लेखकले भोगेको छ ।

तर माक्र्सवाद र जबज बुझेका कैयौँ नेता अगुवा कार्यकर्ता र बौद्धिक वैचारिक व्यक्तिहरु नुनिला आँसु पिएर यही पार्टीमा आबद्ध छन् । तर सातवटा खतबात सहेर कोही पनि व्यक्ति सिद्धान्त मात्र घोकेर सधैँ बस्दैन । कमरेड ओलीले भनेझै व्यक्तिगत इज्जत र आवरु यसै पार्टीमा रहन्छ कि भनेर मात्र बसिएको हो । तर यस पार्टीमा भाइरसको संङ्ख्या हिमाल चुली सम्म पुग्ने स्थिति देखियो । दसौँ महाधिवेशनमा अध्यक्ष ओलीले लिखित रुपमा प्रस्तावित गर्न लागेको सर्वसम्मत नामावलीमा टिपेक्स लगाएर लक्ष्मी गौतमको नाम कसरी कसकसको सहयोगमा थपियो ? यो सामान्य बात होइन । पार्टीैको माथिल्लै तहदेखि आफ्ना र आफन्तलाई पार्टीमा र स्थानीय प्रदेश र संघमा टिकट दिलाउने जबजको लय विरुद्ध काम कार्यबाही व्याप्त भएको देखिन्छ ।
त्यसैले अध्यक्ष लगायत केही नगण्य बाहेक अधिकांश नेताहरु जबजको लय विरुद्ध गतिविधि गरिरहेका छन् । तिनले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्ने जबजको उच्चतम आदर्श सिद्धान्त बिर्सेजस्तो छ ।

जननेता मदन भण्डारी पार्टीलाई प्रतिभाको फूलबारी बनाउने ध्याउन्नाका साथ मरिमेटेर लmाग्नु भयो । त्यसैले उहाँले पार्टी राजनीति र राजकीय क्षेत्रमा अयोग्य मध्ये होइन योग्य मध्ये योग्यतमलाई जिम्मेवारी प्रदान गर्न थाल्नु् भयो । तर उहाँको षडयन्त्रपू्रर्वक हत्या भए पछि माधव कुमार नेपालले भण्डारीको मान्यताका ठीक विपरीत पार्टी सञ्चालन गर्न थाले । यसैकारण उनको १५ बर्से कार्यकालमा पार्टी ओरालो हुँदै भिरालोतिर दौडिएको हो । यस खालको गम्भीर संकटबाट नवौँ महाधिवेशनबाट ओलीले पार्टीलाई सही दिशातिर फर्काउन थाल्नु भएको हो । नत्र नवौँ महाधवेशनमा नेपाल पार्टी अध्यक्ष भएका भए यो पार्टी पहिचान विहीन हुने निश्चित थियो ।

ओलीको उदयपछि पार्टी जबजको लयतिर उन्मुख हुन थालेको हो । तर लामो समयदेखि बेतालको लयमा बानी परेका अधिकांश नेताको बेहोरा स्थानीय तहमा टिकट दिने र दिलाउने क्रममा नै छरफस्ट भयो । यस्ता भद्दा दृश्य सुनसरी जिल्लाका अध्यक्ष र गौतम नामा केन्द्रीय सदस्यको मिलिभगतमा मनपरि गरियो । यसले कार्यकर्तामा व्यापक निराशा र आक्रोष सिर्जना ग¥यो । अतिचार गरेपछि चुनावी परिणाम नकारात्मक बन्यो । तर गर्न चाहँदा गर्न सकिन्छ । एउटै नेताले पनि सिङगो पार्टीलाई सकारात्मक प्रभाव पार्न सक्छ ।

एउटै चन्द्रमाले अन्धकार हटाउँछ । एउटै सूर्यले धर्ती झमल्ल पार्छ । जुन र जुनकिरीमा आकास पातालको फरक हुन्छ । एउटा पोथ्राले आफूलाई मात्रै ओत दिन्छ । समीको विशाल वृक्षले विशाल क्षेत्रलाई शीतलता प्रदान गर्छ । बुद्ध पनि मानिस हुन् ,हामी पनि मानिस नै हौँ तर कति फरक छ उद्देश्य र लक्षमा । आफू मिटाइ अरुलाई दिने पनि हुन्छन् र अरुलाई मिटाई आफैँ मात्र हसुर्ने पनि हुन्छन् । अहिले एमाले पार्टी आन्तरिक रुपमा अनेक खालका अन्तविरोधले ग्रस्त देखिन्छ । यसको एउटै ओखती एक मुस्कान मिजास र मिलन सारिताबाट घटाउन सकिन्छ तर यत्ति कुरामा पनि नेतालाई राम्ररी प्रशिक्षण नदिई जान्दैनन् ।

देशी विदेशीको तारो बनेको देश र जनताको हितका खातिर मरिमेटेर लाग्ने एउटै पार्टी एमाले हो । यस पार्टीलाई चौघेराबाट गरिएको आक्रमणलाई परास्त पार्न के.पी.शर्मा ओलीे नेतृत्व कौशल र सशक्त क्षमता महत्वपूर्ण मान्नु पर्छ । एमालेकै सरकारका देश र जन हितका अनेकन विकास निर्माणका कामहरुका यस पार्टीमा जनआकर्षण अत्यधिक बढेको देखिन्छ । तर चामल बेच्ने क्षमताका नेताहरुको अझै यस पार्टीमा कमी देखिन्छ । एमाले र ओली विरुद्धका प्रतिक्रियावादी ससाना आरोपहरुलाई तथ्य परक रुपमा शालिनतापूर्वक प्रभावकारी प्रतिवाद गर्ने नेताहरुको यस प्रदेशमा नै खडेरी देखिन्छ । जिल्ला स्तरमा त यस सबालमा सरमलाग्दो अवस्था देखिन्छ । पार्टी अध्यक्षले चुनावी माहौल तयार गर्न जुन अभियान सुरु गर्नु भयो । अब पार्टी र संगठनलाई क्रमशः गुणस्तरीय बनाउन लागिपरिएन भने यो खहरेजस्तै सुक्नसक्छ । यस कुरालाई बेलैमा विशेष ध्यान दिन जरुरी देखिन्छ । लामो समयदेखि थुप्रिएर रहेको सैद्धान्तिक, सांगठनिक तथा सिर्जनात्मक विचलन नै पार्टीको अहिलेको प्रमुख समस्या रहेको छ । कला,साहित्य र संस्कृति जस्ता विषयमा पार्टीको हदै सम्मको उपेक्षाका कारण कम्मर मुनिका ¥यापर गायकको समाजमा रजगज चलेको हो ।

हरदिन चुनावी गतिविधिको समीक्षा नगरेपछि गल्ती माथि गल्ती थपिन्छ । जनताको मनोभाव हामी र हाम्रा उम्मेद्वार प्रति केकस्तो छ भन्ने पटक्कै वास्ता नगर्दा एमाले हिँड्दैछ पाइला मेट्तैछ गरिरहेको देखिन्छ । जान्दा श्रीखण्ड नजान्दा अँगेनको दाउरो हुन्छ । जबजको मर्मलाई आत्मसात् गर्नेहरुले नै यसको लय बुझ्न सक्छन् ।

आफ्नो वर्ग, तह र समुदाय सिङ्गैलाई सबल र सक्षम बनाउने प्रतिस्पर्धालाई समाजवादी प्रतिस्पर्धा भन्निछ र यसको अभाव पार्टी नेताहरुमा पर्याप्त रुपमा पाइन्छ । सामन्तवादी र पुँजिवादी जस्तो आफूमात्र योग्य, सक्षम र पदयोग्य भन्ने पुँजिवादी प्रतिस्पर्धा नेताहरुमा प्रायः पाइन्छ । अहिले नै कतिपय त केन्द्रीय स्तरको औकात राख्न नसक्ने नेता केन्द्रीय सदस्य रहेको देखिन्छ । प्रतिभाको फूलबारी बनाउने र सबै प्रतिभालाई समान अवसर दिने कुरामा पार्टीले गम्भीर ध्यान दिनुपर्छ ।
पार्टीमा जीवनशैली र आचार र आचरण बदल्ने कुरा अहिलेसम्म गरिएको देखिएको छैन । सिद्धान्तअनुसार आफूलाई नै परिवर्तन गर्न नसक्ने नेता र पार्टीले देशमा आमूल परिवर्तन गर्ने कुरा फगत गफ मात्र हुनेछ । मनको मैलो साबुनलेझैँ धोएर जाँदैन । यसका लागि आत्मिक संस्कृतिका क्षेत्रमा गम्भीर तथा सघन प्रशिक्षण अपरिहार्य देखिन्छ । यसका लागि मणि थापा र खगेन्द्र राई जस्ता जनसांस्कृतिक चिन्तक तथा नेतालाई नै हेर्ने अधिकांश स्थायी समिति सदस्यहरुको रुग्ण चिन्तन र चरित्र बदल्नु अपरिहार्य देखिन्छ । चुरो छाडेर बोक्र्रा र पलाँसका मात्र भरमा परेर पार्टी र समाजको गुणात्मक रुपान्तरण सम्भव हुन्न । यस्ता विषय नबुझ्ने नेता अत्यधिक छन् । त्यसैले जन सांस्कृतिक महासंघ तथा सांस्कृतिक कर्मीहरुलाई नजाँनिदो पारामा हेलाहोचो गर्ने काम बन्द गर्नुपर्छ ।

प्रतिक्रिया