काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ । एमालेका सरोज ढकाल ४७६७ मतका साथ विजयी हुँदा कांग्रेसका प्रकाश रानाले २९९१ मत पाए ।
वडाको खुल्ला सदस्य एकजना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरतर्फ भने एमाले उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले सो वडामा दोब्बर मत पाएका छन् ।
स्थापितले २०७९ मत पाउँदा बालेनले ४१७९ मत पाए । यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २४३७ मत पाइन् ।
महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ । कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।
प्रतिक्रिया