काठमाडौंमा ९६ हजार ९४४ मत गणना, कसकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा ९६ हजार ९४४ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ३५ हजार ३७४ मतसहित अग्रस्थानमा छन् ।

नेकपा (एमाले)का केशव स्थापित १९ हजार २४८ मत ल्याएर दोस्रो स्थानमा छन् । एमालेका स्थापितभन्दा बालेन १६,१२६ मतले अगाडि छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंह १९ हजार ८३ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् । स्थापित र सिहंबीच १६५ मतको फरक छ ।

प्रतिक्रिया