पोखरामा गठबन्धनका धनराज आचार्यकाे अग्रता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
आचार्यले २९ हजार ८०७ मत पाएका छन् । उनलाई एमालेका कृष्णबहादुर थापाले २६ हजार ३६५ मतसहित पछ्याएका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ३० हजार २६० मत पाएकी छन् । एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १७६ मत पाएकी छन् । उपप्रुमुखमा ८४ मतको फरक छ ।

प्रतिक्रिया