मुगुमा एमाले जिल्ला सचिवद्धारा राजीनामा

मुगु । स्थानीय निर्बाचनमा प्रमुख पदबाट पार्टीले हार ब्यर्होनु परेको भन्दै एमाले जिल्ला कमिटीका सचिव डबल रोकायाले शुक्रबार दिउसो पद बाट राजीनाम दिएका छन् ।

जिल्लास्तरमा एमाले संगठन राम्रो र बलियो हुदा हुदै सरकारमा रहेका दलहरुको अबैध गठबन्धनका कारण एमालेले मुगुका चार स्थानीयतहमा एक उपाध्यक्ष बाहेक अरु प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नु परेको भन्दै सचिव डबल रोकायाले पद बाटै राजनीनामा दिएर सामाजिक संञ्जालमा फेसबुकमा पोष्ट गरेका छन् ।

उक्त राजीनामामा पार्टीमा अराजक, अस्थिरता,ब्यक्तिबाद र स्वच्छाचारीतालाई निरुत्साहित गर्न र पार्टी संगठनलाई थप प्रभावकारी गतिसिल उर्जासिल आफुले पार्टीको पदबाट राजीनामा दिएको रोकायाले उल्लेख गरेका छन ।

प्रतिक्रिया