कान्समा क्रुज सम्मानित

पेरिस । विश्व प्रदर्शनको तयारीमा रहेको हलिउड अभिनेता टम क्रुज अभिनीत बहुप्रतीक्षित चलचित्र ‘टपगनः माभेरिक’ लाई कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ । रिलिज हुनु एकसाताअघि नै सो चलचित्रका मुख्य कलाकार अभिनेता क्रुजलाई मानार्थ ‘पाम दे ओर अवार्ड’ प्रदान गरिएको छ । सो अवसरमा चलचित्रको लागि ६ मिनेट स्ट्यान्डिङ ओभेसन समेत प्रदान गरियो । सम्मान ग्रहण भइरहँदा अभिनेता क्रुजका आँखाबाट हर्षाश्रु झरेका थिए ।

कान्सले यो सम्मान हलिउडका सफल कलाकारलाई मात्र प्रदान गर्दै आएको छ । अभिनेता क्रुजले भने, ‘मैले यो कामलाई ठूलो पर्दामा ल्याउन योगदान दिने सबैको मिहिनेतलाई बिर्सेको छैन । यो साँझ मेरो जीवनको अविष्मरणीय साँझ हुनेछ ।’ साथै, उनले रेडकार्पेटमा आफ्ना प्रशंसकसँग झण्डै १० मिनेट बताउँदै सेल्फी लिए भने अटोग्राफसमेत दिन भ्याए । कान्स प्रिमियरमा सो चलचित्रका निर्देशक र कलाकारको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया