एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा एमाले पराजित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गरिसकेको छैन् ।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भएका हुन् । थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए ।

दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए । एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

प्रतिक्रिया