गोकुल बाँस्कोटाकाे गृहनगरमा समाजवादीका टोकबहादुर वाइबा विजयी

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उमेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार विष्णुमणि नेपाल ११ हजार ३०५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार सरिता ढकालले ६ हजार ९२४ मत ल्याइन् ।

प्रतिक्रिया