पोखरामा ५० हजार मतगणना हुँदा कसको मत कति ?

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म ५० हजार ११७ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले २० हजार ७४९ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले १८ हजार ३६६ मत ल्याएका छन् ।

राप्रपाका उमेदवार शंकर खरालले दुई हजार ७० मत पाएका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस)ले एक हजार १३४ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया