नविल बैक र लगानी बोर्ड सम्झौता

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच लगानी प्रवद्र्धन गर्ने सम्झौता भएको छ । बुधबार लगानी बोर्डको कार्यालयमा भएको सो सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र बैंकका सीईओ अनिल शाहले हस्ताक्षर गरेका हुन ।

बोर्डले आफ्नो स्थापनाको १० वर्षपछि बैंकसँग साझेदारी गरेर लगानी भित्रयाउनका लागि सम्झौता गरेको जनाएको छ । बोर्ड र बैंकबीच लगानी प्रवद्र्धनका लागि सम्झौता भए पनि कस्तो–कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा निणैउ भैसकको छैन । सडक, विद्युतलगायत क्षेत्रको लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि बताइएको छ । लगानी प्रवद्र्धन सम्झौता कार्यक्रममा बैंकका सीईओ साहले नेपालमा विदेशी आएर घुम्ने÷रमाउने मात्र नभई लगानी गर्ने वातावरण बनाउनुपर्ने चुनौती आफुहरु संग भएको भन्दै यो सम्झौता सुरुवात मात्रै भएको र काम गर्न बाँकी रहेको बताए ।

सम्झौतापछि लगानी बोर्डका सीईओ भट्टले नबिलसँग सहकार्यले विदेशी लगानी भित्र्याउन सहज हुने बताएका थिए । लामो प्रतीक्षापछि बैंकसँग सहकार्य गर्न पाएको भन्दै हालसम्म बोर्डमा सम्झौता भएकामध्ये ४ वटा आयोजना कार्यान्वयनको चरणमा पुगेको उनले जानकारी दिए । उक्त चारवटा आयोजनाको लागत ३ खर्ब रुपैयाँ रहेको बोर्डले जनाएको छ । हालसम्म बोर्डले ३१ वटा परियोजनामा लगानी स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया