पर्वतको कुश्मा नगरपालिकामा जोशी विजयी

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका रामचन्द्र जोशी र उपप्रमुखमा नेकपा एमालेका स्वस्थानी रिजाल विजयी भएकी छन् । नगरप्रमुख जोशीले ९ हजार ८ सय ६४ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार गणेशशर्मा पौडेल ९ हजार ८९ मत ल्याए । त्यसैगरि उपप्रमुखमा विजयी स्वस्थानी रिजालले ९ हजार ९२ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शंकर गिरीले ८ हजार २ सय ८२ मत प्राप्त गरे ।

प्रतिक्रिया