धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ६ हजार बढी मतले अगाडि

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ४१२ मतले अग्रता लिएका छन् । सुरुआत देखि अग्रता लिएका हमालले मतान्तर झन फराकिलो बनाउँदै लगेका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म धनगढीमा गणना भएको २६ हजार ४१९ मतमध्ये हमालले १२ हजार ३०४ र उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका उम्मेदवार रणबहादुर चन्दले २ हजार ७५२ मत प्राप्त गरेका छन् । हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर रहेको छ ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ अग्रता कायमै राखेकी छन् । नेकपा एमालेकी कन्दकला रानाले ४ हजार ७०० मत प्राप्त गरेकी छन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया