मोहन्यालको अध्यक्षमा माओवादी केन्द्रका उपाध्याय विजयी

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्याय विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय विजयी भएका हुन् । उपाध्यायले ३ हजार १४३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी एमालेका थापाले २ हजार ७१५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कमलबहादुर साउँद विजयी भएका छन् । साउँदले ३ हजार ३३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी सरस्वतीदेवी रावल (बिष्ट) ले २ हजार ३०३ मत प्राप्त गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा मोहन्यालमा एमालेले जितेको थियो ।

प्रतिक्रिया