दोलखा । तामाकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् ।
उनीहरू नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्ष र उपाध्यक्ष बनेका छन् । अध्यक्षमा निर्वाचित केसीले पाँच हजार चार सय ९० मत प्राप्त गर्दा एमालेका अभिषेक सुवेदीले तीन हजार चार सय ६६ र उपाध्यक्षमा निर्वाचित भएकी सुवेदीले पाँच हजार चार सय ४१ मत ल्याउँदा एमालेकी पोखरेलले तीन हजार तीन सय ५१ मत मात्रै ल्याएकी छन् ।अध्यक्षमा दुई हजार २४ मत बढी ल्याएर गठबन्धनका उम्मेदवार विजयी हुँदा उपाध्यक्षमा पनि दुई हजार ९० को मतान्तरमा सुवेदीले जित हात पारेकी हुन् ।
प्रतिक्रिया