गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका विजयी उम्मेदवार भट्टले १५ हजार ५०१ मत प्राप्त गरेका छन भने,एमालेका उम्मेदवार गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् । रोकायाले १० हजार ६७० मत प्राप्त गरेकी छन भने उनकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की रत्ना कडायतले ९ हजार ९८३ मत प्राप्त गरेकी छन् । कडायत निवर्तमान उपमेयर समेत हुन् ।

प्रतिक्रिया