काठमाडौं । सिके राउतको पार्टी जनमत पार्टीले पहिलो नगरप्रमुखमा जित हासिल गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका हुन् ।
माझी ६४०७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी जसपाका शैलेश कुमार शाहले ६२४६ मत ल्याए ।
त्यस्तै उपप्रमुखमा भने जसपाकी सरितादेवी सिपालिया विजयी भएकी छन् । उनले ६५१२ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी रेखा देवी मण्डलले ५९८२ मत ल्याएकी छन् ।
प्रतिक्रिया