धनगढीमा गोपाल हमाल ५,६५९ मतले अगाडि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १० हजार ८२५ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् ।

हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन्।

प्रतिक्रिया