पर्साको पोखरिया ९ को वडाध्यक्षमा सुशासन पार्टीका आलम विजयी

पर्सा । पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्षमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले सुशासन पार्टीको नेतृत्व गर्दै उनी वजियी भएका हुन् ।

आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु चौहानले ६७८ मत पाएका छन् । यस नगरपालिकामा सुशासन पार्टीबाट मेयर र उपमेयरमा पनि उम्मेदवारी छ ।

मेयरमा शंकर राउत अहिर र उपमेयरमा श्रीमती वीणादेवीले उम्मेदवारी दिएका हुन् । शंकर १ हजार ३ सय १९ मतसहित दोस्रो स्थानमा छन् । उनीभन्दा अघि एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहानले २ हजार ४ सय ८३ मत पाएका छन् ।

उपमेयरमा वीणादेवीले ९ सय ८४ मत पाएकी छन् । उनीभन्दा अघि पहिलो स्थानमा एमालेकी रुवीकुमारी ठाकुर र दोस्रो स्थानमा कांग्रेसकी रहना खातुन छन् ।

प्रतिक्रिया