युगान्डासँगको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं । नेपाल र युगान्डाबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो । पाँच खेल सम्मिलित सिरिजमा लगातार २ जित दर्ता गर्दै युगान्डाले यश सिरिजमा अग्रता कायम राखेको छ ।

युगान्डाका लागि ओपनरद्वय केभिन विनो र लियोना बर्वीले क्रमश: ४ र ९ रनमा आउट भए । दोहोरो अंक बनाउन नसकेका ओपनरद्वयको कसर तेस्रो र चौथो क्रममा आएका जानेत बाबाबजी र रिता मुसामानीले पूरा गरे । तेस्रो क्रमकी जानेतले १६ र चौथो क्रममा आएकी रिताले ३० रन बनाइन् । पाँचौं क्रमकी ब्याटर फ्रङ्क्लिन नजुम्बाले १९ रन बनाउँदै क्याच आउट भइन् ।

छैटौं क्रममा आएकी रीता न्याङ्दो भने २ रनमा नै रुविना क्षेत्रीबाट क्याच आउट भइन्। सातौं क्रममा आएकी फियोना कुलुमी पाँच रनमा बोल्डआउट भइन् । आठौं क्रकी ब्याटर इभ्ल्यान एनिपो गोल्डेन डक भइन् । नवौं क्रमकी ब्याटर कोन्की अवे २ रनमा अविजित रहिन् भने दशौं क्रमकी ब्याटर सारा वलजा रनआउट भइन् । एघारौं क्रममा आएकी सारा अकितेङ ३ रनमा अविजित रहिन् ।

नेपालका लागि कविता कुँवर र सबनम राईले समान २/२ विकेट लिए । रुविना क्षेत्री र सीता रानामगरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया