बैतडीका ८ स्थानीय तहको मत परिणाम सार्वजनिक

बैतडी । बैतडीका ८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । समान ३/३ पालिकामा नेकपा एमाले र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १/१ पालिकामा प्रमुख पदमा विजयी भएको हो ।

नेपाली कांग्रेसले पाटन नगरपालिका , शिवनाथ र सिगास गाउँपालिकामा विजयी भएको हो । नेकपा एमाले दशरत्थचन्द नगरपालिका , पञ्चेश्वर र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा र डिलाशैनि गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

पाटनमा नेपाली कांग्रेसका गोरी सिंह रावलले ६ हजार ८६९ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका नारायण भण्डारीलाई १ हजार ५७९ ले पछि पार्दै रावल विजयी भए । शिवनाथमा नेपाली कांग्रेसका कर्ण सिह साउँदले नेकपा एमालेका सुकन्तला साउँदलाई ३१६ मतले पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका साउँदले ३ हजार १६५ मत ल्याए । सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरी सिह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भएका छन् । नेकपा एमाले जस्वीर सिंह बोहरा एक हजार ६४९ पराजित भए ।

दशरत्थ नगरपालिका नेकपा एमालेका पुष्कराज जोशीले ६ हजार ६८५ मतका साथ विजयी भएका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसका गजेन्द्र रावलले ५ हजार ४२७ मत ल्याए । पञ्चेश्वर गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा नेकपा एमालेको गोरख बहादुर चन्द विजयी भए । उनले ३ हजार ७४२ मत ल्याए भने गठबन्धनबाट नेपाली कांग्रेसका रमेश भण्डारीले २ हजार ४८८ मत ल्याए । सुर्नया गाउँपालिकामा नेकपा एकीकृतका समाजवादीका नरेन्द्र बिष्टलाई २६ मतले पछि पार्दै एमालेका अम्मर कुवँर विजयी भए । कुवँरले २ हजार ३५० मत प्राप्त गर्दा बिष्टले २ हजार ३२४ मत ल्याए ।

मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भिम बहादु चन्द ( भुकम्प ) विजयी भए । उनले ३ हजार ९६ मत ल्याए । उनका निकटम् प्रतिद्धन्दी नेकपा एमालेका जगदिश नायकले २ हजार ३७६ मत प्राप्त गरे । यस्तै डिलाशैनी गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष प्रशाद जोशी विजयी भएका छन् । जोशीले ३ हजार १८९ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लोकेन्द्र राना ( शितल ) ले २ हजार ६४१ मत ल्याए । पुर्चाैडी नगरपालिका र दोगाडाकेदार गाउँपालिकामा मत गणनाको कार्य जारी छ ।

प्रतिक्रिया