कैलालीको वर्दगोरियामा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

धनगढी । कैलालीको वर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् । कुँवरले सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजय हासिल गरेका हुन ।

कुँवरले ५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले ४ हजार १ सय ८६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गणेशराज गिरी विजयी भएका छन् ।

गिरीले ४ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी इन्दु चौधरीले ४ हजार २ सय ५५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया