बैतडीको पाटन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

बैतडी । बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ विजयी भएका छन् । रावल नेकपा एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् ।

भण्डारीले ५ हजार २९० मत ल्याएका छन् । उपमेयरमा बोहराले नेकपा एमालेका हरु भट्टलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । बोहराले ५ हजार ७५१ मत ल्याउदा भट्टले ५ हजार ४२७ मत ल्याएका छन् ।

पाटनमा कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

प्रतिक्रिया