टोर्नाडोस फेयर ब्रेक च्याम्पियन

दुबई । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान सीता राना मगरसम्मिलित टोर्नाडोस वुमन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

टोर्नाडोसको जित यात्रामा सोफी डिभाइनले ५१ रनको अर्धशतकीय इनिङ खेलिन् । त्यस्तै स्टेर कालिसले ४४ रन जोडिन् । कप्तान स्टेफेन टेलर ३४ रनमा तथा सन लुस १८ रनमा अविजित रहिन् । फाल्कोन्सकी मारिजन काप्प र सोर्नारिनले समान १ विकेट लिइन् ।


त्यसअघि दुवई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

फाल्कोन्सकी मध्यक्रमकी मारिजन काप्पले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स तथा मारिको हिलले अविजित ३० रन जोडिन् । ओपनर चामरी ९, ड्यानी वेट ११, थिरथा सतिशले १९ तथा सुजी बाटिसले ११ रनको योगदान दिइन् । टोर्नाडोसकी चानिदा सुत्थिरुङले २ विकेट लिइन् ।

राष्ट्रिय टोलीकी उपकप्तान रहेकी सीताको स्थानमा क्यानले आइतबार मात्र इन्दु वर्मालाई उपकप्तान जिम्मेवारी दिएको छ । सीताले युगान्डाविरुद्ध सिरिजको सुरुवाती खेल गुमाउनेछिन् । नेपालले सोमबारदेखि हुने सिरिजमा ५ टि२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

प्रतिक्रिया