महानगरका दुई वडामा एकीकृत समाजवादी

ललितपुर । ललितपुर महानगरपालिकाका ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा दुईवटा वडामा नेकपा एकीकृत समाजवादी र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ नम्बर वडामा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन विजयी भए ।


यसैगरी महानगरपालिकाको ३ नम्बर वडामा पनि एकीकृत समाजवादीकै श्रीगोपाल महर्जन विजयी भएका छन् । हाल वडा नम्बर ४, ५ र ६ को मतगणना जारी छ । हालसम्मको मत परिणाम अनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ ।


महर्जनले ४ हजार ७ सय ३० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ हजार ७ सय ४४ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले २ हजार १ सय ४६ मत ल्याएर अग्रता कायम राखेकी छन् । नेकपा माओवादीका केन्द्रका बाबुराज शाक्यले १ हजार ५ सय ५४ मत ल्याएका छन् ।

प्रतिक्रिया