दार्चुलाकाे शैल्यशिखरमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका-६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न सकेको छैन् ।

प्रतिक्रिया