काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) झण्डै दोब्बर मतले अगाडि रहेका छन् । आइतबार अपराह्न ३ बजेसम्मको मतगणनामा साहले तीन हजार ११० मत पाएका छन् । उनले शुरूआतदेखि नै अग्रता लिइरहेका छन् ।
त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले एक हजार ६४५ मत पाएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले एक हजार ६०२ मत पाएकी छन् । अहिले काठमाडौं वडा नं. १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ । शनिबार बिहान १० बजेदेखि मतगणना शुरू भएको हो ।
प्रतिक्रिया