कुमाख गाउँपालिकामा रोचक प्रतिस्पर्धा, अध्यक्षमा ४६ मतको अन्तर

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा रोचक प्रतिस्पार्धा देखिएको छ । मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा अध्यक्ष पदमा ४६ मतको अन्तर देखिएको छ ।

नेकपा माओवादी केन्द्रका डिल्लीराज जैसीको मत ३ हजार ४ सय २२ हुँदा नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मानबहादुर बुढाथोकीले ३ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको दुवै पदमा अहिले भने नेपाली कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ । यता उपाध्यक्षमा भने एमालेका लालबहादुर रावतले ३ हजार ४ सय ८० मत प्राप्त गर्दा माओवादीले ३ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि १ सय २५ मतको अन्तर देखिएको छ । कुमाखमा ७ वटा वडा रहेकोमा अब ४ नम्बर वडाको १ हजार ५ सय मतगणना गर्न मात्र बाँकी रहेको छ । सल्यानमा रहेका १० स्थानीय तहमध्ये सबैभन्दा पहिले कुमाख गाउँपालिकाको नतिजा सार्वजनि हुने देखिएको छ ।

प्रतिक्रिया