सल्यानकाे बनगाड कुपिण्डे २ मा माओवादी केन्द्रका खत्री बिजय

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका २ को मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल बिजय भएकाे छ । जसमा खत्रीले ४४४ मत ल्याएका छन । उनका प्रतिद्वन्दी एमालेका शंकरप्रसाद शर्माले ४०७ र नेपाली कांग्रेसका मानबहादुर बिष्टले १२ ल्याए । महिला सदस्यमा पानसरी बुढा ४५४ दलित महिला सदस्यमा भद्रकली कामी ४४० मनबिर राना ४२९, हैते राना ४३२ बिजय भएका छन ।

नगर प्रमुखले सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन । जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले १९०६, एमालेका गोविन्दकुमार पुनले ११११, राप्रपाका शिवबहादुर वलीले ८३ र राप्रपा नेपालका बालाराम शर्माले ५ मत पाएका छन् ।

त्यस्तै, उप-प्रमुखमा गठबन्धनका पुरुषोत्तम आचार्यले १२८८, राप्रपाकी सृष्टि शाहले ३२ र स्वतन्त्र दिपेन्द्र बिष्टले १२१६ मत ल्याएका छन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका २ न वडामा १३८२ मत मध्य ९०३ मत खसेको थियो ।

प्रतिक्रिया