धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुआती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५, सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले सुरुआति अग्रता लिएकी छन् । अधिकारीले ४०, नेकपा एमालेकी कन्दकला रानाले १० मत पाएकी छन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २० मत प्राप्त गरेका छन् । एकसय मत गणनामा २१ मत बदर भएका छन् । अहिले वडा नं १ को मत गणना भइरहेको छ ।

प्रतिक्रिया