बुटवलमा उपमहानगरमा कांग्रेसकाे अग्रता कायमै, एमाले तेस्रो स्थानमा

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ६०३ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेले १४०० मत मतगणना हुँदा ६०३ मत प्राप्त गरेका हुन् । उनले सुरु देखि अग्रता बनाइरहेका छन् । दोस्रोमा राप्रपाका मृगेन्द्र शेरचन छन् । उनले ३०२ मत ल्याउँदा तेस्रो स्थानमा रहेका बाबुराम भट्टराईले २३९ मत पाएका छन् ।

उपप्रमुखमा भने राप्रपाले अग्रता बनाएको छ । राप्रपाकी भगवती पाण्डेले ३१९ मत तथा एमालेकी सावित्रा अर्यालले २९४ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङले २४३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया