भरतपुर र काठमाडौंमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने

काठमाडौं । स्थानीय निर्वाचनको इपिसेन्टर मानिएको भरतपुर महनगरपालिका र काठमाडौंमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । शनिबारसम्मा प्राप्त प्रारम्भिक मतगणनामा भरतपुरमा माओवादी केन्द्रका रेणु दाहाल र एमालेका बिजय सुवेदीबीच तीब्र प्रतिस्पर्धा देखिएको छ।

हाल सम्म सुवेदी र दाहालबीच एक दुई मतको मात्र अन्तर देखिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमालेका देवी ज्ञावली र रेणु दाहालबीच गणनाको सुरुदेखि अन्तिमसम्ममा तीव्र प्रतिस्पर्धा थियो ।

यस पटकको निर्वाचनमा पनि यो महानगरमा यस्तै प्रतिस्पर्धा देखिने भएको छ । त्यसैगरी काठमाडौं महानगरमा हरेक निर्वाचनमा कोही न कोही सेलिब्रेटी उम्मेदवार देखिने गरेका छन् ।

यसै अनुसार मेयर पदमा एमाले र कांग्रेस बाहेकका बालेन शाह स्वतन्त्र सेलिब्रेटी देखिएका छन् । प्रारम्भिक मतगणनामा उनी एमालेका केशव स्थापित र नेपाली कांग्रेसका मेयरका उम्मेदवार सृजना सिंह भन्दा झिनो मतान्तरले अगाडि देखिएका छन् ।

प्रतिक्रिया