पर्सा । पर्साको धोबिनी गाउँपालिका वडा १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बन्धु साह तेली विजयी भएका छन् । वडा नं १ को सम्पन्न मतगणना नतिजा अनुसार तेली ५७४ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वतमान वडाध्यक्ष ललन राउत कुर्मी ४७७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका शम्भु राउत कुर्मीले ४४ मत, नेकपा माओवादी केन्द्रका राजेश रामले ८ मत र लोकतान्त्रिक समाजवादी पार्टीका उमेश हाजाराले ५ मत पाएका हुन् ।
गाउँपालिका अध्यक्षमा जसपाका उम्मेदवार मदनप्रसाद चौहानले ६११ मत प्राप्त अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्ष मै कांग्रेसका उम्मेदवार बशिष्टनारायण कुर्मीले ३९५ मत प्राप्त गरी दोस्रो स्थान, नेकपा एमालेका उम्मेदवार महमद सदाम हुसेनले ९० मत प्राप्त गरी तेस्रो स्थान र माओवादी केन्द्रका संतोष पटेलले ११ मत प्राप्त गरी चौथो स्थानमा छन् ।
गाउँपालिका उपाध्यक्षमा जसपाकी उम्मेदवार प्रियांका देवी यादवले ४८१ मत प्राप्त गरी पहिलो, कांग्रेसकी मंजु देवीले ३९१ मत प्राप्त गरी दोस्रो, एमालेकी अनारकली देवी कुर्मीनले १९४ मत प्राप्त गरी तेस्रो र माओवादी केन्द्रकी राधिका चमइन ५ मत प्राप्त गरी चौथो स्थानमा छन् ।
पर्सा
प्रतिक्रिया