कांग्रेस–एमालेको गठबन्धनलाई पराजीत गर्दै माओवादीको प्यानल नै विजयी

सल्यान । कुमाख गाउँपालिका वडा ७ को वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् । शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो । कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो ।

प्रतिक्रिया