मुगुमा ८१ प्रतिशत मतदान

मुगु । शुक्रबार सप्पन्न स्थानीयतहको निर्वाचनमा मुगुमा ८१.४९ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी बिस्नु प्रसाद न्याउपानेका अनुसार जम्मा जिल्ला भरी ३५ हजार ८९ मतदाता मध्ये २८ हजार ५ सय ५२ जनाले मतदान गरेका हुन् ।
मतदान गर्नेमा महिला १४ हजार २ सय ४८ रहेका छन् भने, पुरुष १४ हजार ३ सय ४४ रहेका छन् ।

प्रतिक्रिया