सल्यानमा आजै राति ९ बजेदेखि मतगणना शुरु हुने

सल्यान । सल्यानमा १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेकोमा एक लाख ८ हजार ८ सय १२ जना मतदान गरेका छन । सल्यानमा ६८.९९ प्रतिशतले मतदान गरेका हुन् । मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेकाे छ । निर्वाचन आयोगका अनुसार आजै राति ९ बजेदेखि मतगणना शुरु हुने भएको छ । १० बजे हुने भनिए पनि समय हेरफेर गरिएकाे हाे ।

मतगणना वडा नं १ देखि शुरु भई क्रमशस् वडा नं २, ३, ४, ५ र ६ को हुने निर्णय भएको छ । मतगणनामा एउटा पार्टीबाट एकजना प्रतिनिधि अनिवार्य र अध्यक्ष–उपाध्यक्ष र सम्बन्धित वडाको वडा अध्यक्ष स्वेच्छिक रुपमा बस्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया