नातिको पिठ्युँमा चढेर ९० वर्षीया वृद्धाले गरिन् मतदान

मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्युँमा चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।

प्रतिक्रिया