काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिए । उनले केही बेरमा पुन मतदान सुरु हुने बताए ।
प्रतिक्रिया