‘सिल्ली फो’ को डबिङ सकियो

काठमाडौं । आगामी ३१ असारबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सिल्ली फो’ को डबिङ सकिएको छ । चलचित्रको अन्तिम प्राविधिक काम बाँकी रहेको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, अभिनेता धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जालीमगर, रेजिना थापा, राज गौतम (केशव), अमरबहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन विश्वकर्माको लगायतका कलाकारको अभिनय छ ।


चलचित्रको अन्तिम प्राविधिक कार्यमा आफूहरु जुटिरहेको निर्देशक राजबहादुर सानेले बताए । मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ । अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भिएफएक्स रहेको चलचित्र श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया