नेताहरूको पाराले, दुःख पाए साराले

अनुषा थापा

देश बिगार्ने नेता कि जनता ? आफ्नै कर्तुतका कारण देश बिग्रिएको हो भनेर कुनै नेपालीले आफूमाथि प्रश्न उठाएका छन् ? अरूलाई दोष दिएर आफूुलाई चोखो बनाउन खोज्छन्, नेपाली । आज चुनावको दिन । सरकारले पटकपटक आफ्नो अधिकारको प्रयोग सही ठाउँमा गर्न आग्रह गर्दै आएको छ । लहैलहैमा लागेर र चिप्लो कुराको पछि परेर देशको स्थिति थप जटिल नबनाऔँ । हिजोको दिन मिठा कुराको पछि लाग्दा पाँच वर्षमा देश विकास होइन विनाश भयो ।

आज स्थानीय चुनाव छ । मुलुक नै चुनावमय भएको छ । भोट हाल्नका लागि आफ्नो जन्मथलो फर्किनेको ओइरो सुरु भएको छ । राजनीतिक दलहरूले पनि मत हाल्नकै निम्ति भनेर आफ्नो खर्चमा गाडीका गाडी मान्छेहरू फर्काइरहेका छन् । सित्तैमा घर जान र मासुभात खान पाउने भएपछि नेपालीहरू मख्ख परेका छन् । अनि, देशको विकास होला ? एउटा गाडीको टिकट, मासुभात र दारुका लागि आफ्नो अमूल्य भोट असक्षम व्यक्तिलाई दिने हामी जनता नै हो । राम्रालाई होइन खर्च गर्न सक्नेलाई चुन्ने हाम्रो प्रवृत्तिका कारण यस्तो भयो । प्रतिनिधिहरूले आज खर्च गर्छन्, भोलि साहुब्याज नै उठाउन खोज्छन् । आफ्नो खर्च उठाउन उसले ठेक्कापट्टा गर्दा कमिसन खान्छ, कुर्सीमा बसुन्जेल सक्दो भ्रष्टाचार गर्छ । प्रतिनिधिहरूलाई भ्रष्टाचार गर्न बाध्य बनाउने जनताहरू नै हुन् । जसरी हुन्छ लगानी उठाउनुप¥यो ।

मतदान गर्न पाउनु हरेक जनताको हक हो । तर, पैसाको लोभमा हकअधिकार नै दुरुपयोग भएको छ । एकछिनको लोभले पाँच वर्षका लागि सबैले दुःख पाउँछन् । आज मत दिन्छन्, भोलि काम गरेनन् भनेर सराप्छन् । आफूलाई ठीक लाग्ने, काम गर्न सक्छ भन्ने खालको प्रतिनिधिलाई मत दिनुपर्छ । ताकि भोलि देशको विकास होस्, भ्रष्टाचार होइन । अहिले कुनै पार्टीको कार्यकर्ता भएर भोट माग्दै हिँडेका छन् । कुनै पैसाको लोभमा भोट दिन तयार भएका छन् । हाम्रो भोटबाट चुनिएका त्यस्ता प्रतिनिधिले देशको हालत कस्तो होला ? कति भ्रष्टाचार गर्ला ? सोचेका छैनौँ । गणेशमान सिंहले सबै नेपाली भेडा हुन् । एउटा भेडा हाम्फाल्यो भन्यो सबै हाम्फाल्छ भनेर नेपाली जनतालाई लिएर उदाहरण दिएका थिए । पछिल्लो समय साक्षरता दर बढ्दो छ । केही नभए पनि अक्षर चिन्न र सही÷गलत छुट्याउन सक्ने भएका छन् ।

सञ्चार माध्यमका कारण उनीहरूमा धेरै चेतना आइसकेको छ । उनीहरू कमाउन सक्ने पनि भएका छन् । तर, नेपाली जनताको व्यवहारमा किन परिवर्तन आएन ? योभन्दा अघिको चुनावमा पनि मासुभात, दारु र गाडीभाडाका कारण देश नै सखापै बन्यो । तर, अझै पनि नेपालीको सोचाइमा परिवर्तन नआउनु लज्जास्पद कुरा हो । महँगो लुगा लगाउँछौ, घाँटीमा सुनको सिक्री लगाउँछाँै तर भोट हाल्नका लागि सित्तैको गाडीमा चढ्छौँ ।


अनि देश बिगार्ने नेता कि जनता ? आफ्नै कर्तुतका कारण देश बिग्रिएको हो भनेर कुनै नेपालीले आफूमाथि प्रश्न उठाएका छन् ? अरूलाई दोष दिएर आपूmलाई चोखो बनाउन खोज्छन्, नेपाली । आज चुनाव हुँदै छ । सरकारले पटकपटक आफ्नो अधिकारको प्रयोग सही ठाउँमा गर्न आग्रह गर्दै आएको छ । लहैलहैमा लागेर र चिप्लो कुराको पछि परेर देशको स्थिति थप जटिल नबनाऔँ । हिजोको दिन मिठा कुराको पछि लाग्दा पाँच वर्षमा देश विकास होइन विनाश भयो ।

०७४ सालमा जनप्रतिनिधि भएर आएकामध्ये धेरैले केही काम गरेनन् । बल्लतल्ल तिनीहरूलाई हटाउने मौका हामीले पाएका छाँै । फेरि पनि त्यस्तो पछुताउने दिन नआओस् । जनप्रतिनिधिहरू सक्षम नहुँदा जनताको ढाड सेकिएको छ । महँगीले सीमा नाघेको छ भने बेरोजगारी दिनप्रतिदिन बढ्दै गएको छ । खोलानाला, गुठी र सरकारी जग्गा सबै व्यक्तिको नाममा गइसकेको छ ।

ठेक्कापट्टाको नाममा करोडौंको चलखेल जनप्रतिनिधिहरूले गरे । आपूmलाई भोट दिएका जनप्रतिनिधिहरूले समेत जनतालाई गनेनन् । घरमै भए पनि नभएको बहाना बनाएर दुःख दिएको हामीले नबिर्साैं । वडाध्यक्ष र मेयरले छिनमा हुने कामका निम्ति महिना दिन अल्मल्याएको कुरा सबैलाई स्मरण नै होला । राज्यबाट सित्तैमा हुने कामका लागि पनि पैसा मागेको बिसर्न मिल्दैन । वडा, नगरपालिकामा काम लिएर पुग्दा भेट्न नदिने र फोन गर्दा पनि नउठाउने । काम गर्न छोडेर ठेक्कापट्टा र कमिसन खोज्दै हिँड्ने । वडाध्यक्ष र मेयरले धेरै भ्रष्ट्राचार गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका घटनाहरू थुप्रै छन् । आफ्नो आफन्तलाई रोजगारी दिने र आफ्नैलाई ठेक्कापट्टा मिलाउने काम यिनीहरूद्वारा नभएको होइन ।
यसअघिको चुनावमा जनप्रतिनिधिहरूले हामीलाई तलबभत्ता र सेवासुविधा केही चाहिँदैन भनेर भोट लिए । तर, उनीहरूले तलब पनि लिए, सरकारी गाडी पनि चढे । पार्टीले फेरि पनि उही कामचोर जनप्रतिनिधिहरूलाई टिकट दिएको छ । चुनाव जितेपछि पाँच वर्षको अवधिमा एकचोटि पनि जनताको ढोकामा नपुगेका जनप्रतिनिधिहरू अहिले पुनः जनताको ढोका ढक्ढक्याउन पुगेका छन् ।

घरदैलो कार्यक्रम भन्दै झुठा आश्वासन बाँड्न व्यस्त छन्, नेताहरू । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलको भविष्य वैशाख ३० गते देखिन्छ भनेका छन् । ज्योतिषले पाँच दलको भविष्य नराम्रो छ भनेको भनी उनी जनतालाई गुमाउने काम गर्न खोज्दै छन् । तर, ज्योतिषीले एमालेको भविष्यचाहिँ भनिदिएनन्जस्तो छ । हिजो दुईचोटि संसद् विघटन गरेको कुरालाई ढाकछोप गर्न केपीले जनतालाई भ्रममा पार्न खोजेको बुझिएको छ ।


०७४ सालको चुनावमा पहिलो पार्टी बनेको नेकपा एमाले नै हो । प्रायःजसो वडा र नगरमै एमालेकै जनप्रतिनिधिहरू आए । तर, सबैभन्दा धेरै भ्रष्टाचार गर्ने पार्टी पनि एमाले नै बन्यो । अनि यस्तो पार्टीलाई जनताले किन भोट दिने ? वैशाख ३० गते अरूचाहिँ होइन एमालेचाहिँ दुर्घटनामा पर्ने देखिन्छ । पहिले जितेको ठाउँमा समेत एमाले हार्छ । एमालेले जित्ने सम्भावना निकै कम देखिएको छ ।

अब ठूला नेताहरूलाई जिताउने काम नगरौँ । भन्नलाई ठूला तर सानो काम गर्न नसक्ने यी पार्टीहरू हुन् । देशको हालत तहसनहस पार्ने श्रेय शीर्ष पार्टीहरूलाई नै जान्छ । देश डुबाउने पनि यिनी कामचोर नेताहरू नै हुन् । व्यापारीहरूसँग पैसा लिएर चुनावमा खर्च गरिएको छ । चुनाव सकिने बित्तिकै व्यापारीहरूले सामानको मूल्य बढाइहाल्छन् । चुनावपछि महँगी झनै बढ्ने निश्चित छ । सबै राजनीतिक पार्टीले चुनाव लड्नका लागि पैसा लिएका छन् । चुनावभन्दा पछि देशको स्थिति कतातिर मोडिन्छ ? चर्चा सुरु भएको छ । चुनावपछि खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । इन्धनको भाउ बढाउन आयल निगम तयारी अवस्थामा बसेको छ । मुलुक आर्थिक संकटको दलदलमा फस्दै जान्छ । चुनाव खर्च भनेर राजनीतिक दलहरूले बैंकबाट २८ अर्ब रुपैयाँ निकालेका छन् ।

वित्तीय संस्थामा भएको यत्रो रकम राजनीतिक दलले निकाले । जनताले डिपोजिट लगेर राख्नेवाला छैनन् । अब वित्तीय संस्थाको अवस्था झनै नाजुक हुने देखिन्छ । बैंक÷फाइनेन्सलाई ठूलो धक्का पुगेको छ । बैंक÷फाइनेन्स नै रित्तिएपछि अब अर्थतन्त्र थप जटिल हुन्छ । जनताले तिरेको करबाट सरकारी खर्च धान्न सकिँदैन । विदेशी ऋण लिएर मुलुक कतिञ्जेल चल्छ ? हरेक क्षेत्रमा मन्दी देखिन थालिसकेको छ । यो मन्दी निरन्तर रूपमा चल्ने हो भने श्रीलंकाभन्दा पनि ठूलो दुर्घटना नेपालमा हुन सक्छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको निम्ति सक्षम नेताको आवश्यकता परेको छ । देशको अर्थतन्त्र नै डामाडोल भएको बेलामा चुनाव गर्न लागिएको छ । अर्थतन्त्रलाई सुधार्ने जनताको हातमा छ । महँगी नियन्त्रण गर्न र अर्थतन्त्रलाई पहिल्यैकै गतिमा ल्याउन जनताले सही नेताको खोजी गर्नुपर्छ ।

बैंकबाट निकालेको २८ अर्ब रुपैयाँ मासुभात र दारुमै सकिएको छ । २८ अर्ब खर्च गरेबापत कति उठाउन खोज्ने हो ? यो अकल्पनीय कुरा हो । त्यत्रो पैसा सदुपयोग गर्नुको साटो फोगटमा खर्च गरियो । अबको दुई दिनपछि जनताको भविष्य देखिन्छ । कि त यो अन्तिम स्थानीय चुनाव पनि हुन सक्छ । नेताहरूले जनताभन्दा ठूलो कोही हँुदैनन् भनेर बिर्सिएका छन् । उनीहरूको यस्तो चालढालको नतिजा पनि छिट्टै नै देखिनेछ ।

प्रतिक्रिया