लुम्विनी विकास बैकको ऋणपत्र

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ हजारु रुपैया अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको क्रणपत्र जारी गर्ने भएको छ । ११ प्रतिशत एल.बि.बि.एल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने छ । बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया