नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

काठमाडौं । नबिल बैंकले मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ । यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाका लागि भारतको राष्ट्रिय भुक्तानी निगमबाट विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यो साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्वाध रूपमा खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेंछन् । त्यसैगरी, नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे र पेटीएमलगायत यूपीआई आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया