निक्षेपको ब्याजदर नबढाउने सहमति

काठमाडौ । नेपाल बैंकर्स संघले जेठ महिनामा निक्षेपको व्याजदर नवढाउने सहमति गरेको छ । योसँगै तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर ११.०३ मै सीमित रहेको छ । चुनावअघि दलहरूले गरेको खर्चले बैंकमा केही पैसा भित्रन्छ कि भन्ने अपेक्षामा बैकर्स एसोसियसन रहेको छ । चुनावमा भएको खर्च बैंकमा आउने अपेक्षा अहिले बजारले गरिरहेको छ । बैंकिङको निक्षेपमा ठूलो सुधार नदेखिएपनि यस्तो रकम बैंकिङ प्रणलीमा आउन केही समय भने लाग्नेछ । हाल बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका छन् भने ४७ खर्ब २४ अर्ब कर्जा लगानी गरेका छन ।

राष्ट्र बैंकले केही समयअघि वाणिज्य बैंकले निक्षेपको ब्याज बढाउँदा अघिल्लो महिनामा सबै बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजको औसतमा १० प्रतिशत विन्दुले मात्र थप्न सक्ने व्यवस्था गरेको थियो । अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११.०३ प्रतिशत थियो भने अर्को महिनाको लागि त्यसमा एक प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैकले यसरी ब्याजदर नियन्त्रण गरे पनि दातृ निकायो रुपमा रहेको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले यस्तो दर खुला छोड्न सुझाएको थियो । निक्षेपको ब्याजदर खुला छाड्दा कर्जाको लागत पनि बढ्ने र कर्जाको ब्याजदरमा वृद्धि हुने भएकोले बजारले नै कर्जा माग कम गर्ने उसको भनाई थियो ।

प्रतिक्रिया