एभरेष्ट बैंकको एपमा नेपाल पे क्यूआर एकीकृत  

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा नेपाल पे क्यूआर’ लाई एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । बैंकले ‘नेपालपे क्यूआर’  को लागि व्यवसाय प्राप्ति गर्न पनि पहल गरेको छ ।

एभरेष्ट बैक, पंजाब नेशनल बैकसंग संयुक्त लगानीमा संचालित बैकमा हाल सम्म लाखौ सन्तुष्ट ग्राहक आवद्ध छन । हाल बैंकले आफ्ना १ सय १५ शाखा, ३१ राजस्व संकलन काउन्टर, १ सय ५० एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया