निर्वाचनले होटल व्यवसायमा चहलपहल 

काठमाडौ । स्थानीय तह निर्वाचनले होटल व्यवसायमा चहलपहल बढाएको छ । कोरोना लकडाउनपछि होटल व्यवसयाको कारोबार बढ्न थालेको हो । जस्को कारण व्यवसायीहरु उत्साहित हुन थालेका छन । विभिन्न राजनीतिक पार्टीले आफ्ना कार्यक्रमहरू गरेको कारण होटल र पार्टी प्यालेसको व्यापार बढेको हो । उपत्यकामा मात्रै नभएर उपत्यका बाहिरका पार्टी प्यालेसमा खाना–खाजाको व्यवसाय फस्टाएको पार्टी प्यालेस एन्ड क्याटरिङ व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष लिलाबहादुर जिसीका अनुसार चुनावले पार्टी प्यालेसको समग्र व्यवसायमा आशाको किरण बढाएको छ । 

चुनावी कार्यक्रम बढेसँगै स्थानीय तहका साना होटलहरूको व्यापार पनि बढेको छ । अहिले चितवनका होटलको व्यवसायमा उत्साह देखिएको क्षेत्रीय होटल संघ, सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले बताएका छन् । त्यस्तै मतदानका लागि आ–आफ्ना घर जानेको संख्या बढेसँगै राजमार्गका होटल तथा लजको व्यवसाय पनि बढेको छ । चितवनका साना होटल र लज पनि यतिखेर भरीभराउको अवस्थामा रहेका छन । देशमा चुनावी माहोल भइरहँदा साना होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा लजको व्यवसाय फस्टाएको हो । ठूला होटलमा भने चहलपहल कम देखिएको छ । 


तर निर्वाचन नजिकिए संगै सवारी आवागमन देखी लिएर पर्यटकीय गतिविधि बन्द जस्तै हुने होटल संघ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहको भनाइ रहेको छ । कोरोनापछि पर्यटन व्यवसाय सुधारिँदै गएको छ । नेपाल घुम्न आउने विदेशी बढ्दै गएको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याकंले देखाएको छ ।

प्रतिक्रिया