ग्लोबल आइएमई र नेपाल क्यिरिग हाउसबीच सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिगका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिग एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानी उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवा पनि चाँडै नै उपलब्ध गराउने छ । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंक अग्रसर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८८ शाखा, २ सय ५९ एटीएम, २ सय ७५ शाखा रहित बैंकिग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया